‘नाइलनको साडी’ एक करोड पटक हेरियो

678
  •  
  •  
  •  

chhakka panja

काठमाडौं, ३ असोज (ओएनएस): दीपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा २’ को गीत ‘नाइलनको साडी’लाई एक करोड बढीले हेरेका छन् ।

प्रदर्शनमा नआउँदै यसको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । जसको कारण युट्युबमा सार्वजनिक भएको दुई महिना भित्र एक करोड पटक हेरिएको छ ।

सार्वजनिक भएको समयमा विवादमा समेत तानिएको यो गीतलाई अलमोडा राना उप्रेती र सुजता बर्माले गाएका हुन् ।

दीपकराज गिरी र प्रिन्सको शब्द रहेको गीतमा अल्मोडाले नै अरेन्ज गरेका हुन् । गीतमा प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीको संगीतलाई समेटिएको छ । चलचित्र ‘छक्का पञ्जा २’ यही असोज ११ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।


  •  
  •  
  •