डाकू समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

252
  •  
  •  
  •  

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकु समूहको बारुदी सुरुङ बिस्फोटमा २३ नाइजेरियाली सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ ।

सैनिक स्रोतका अनुसार अन्य केही सैनिक हराइरहेका छन् ।  यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।

लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् । उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।


  •  
  •  
  •