नागेन्द्र कुमाल र लालबाबु यादव सभासदमा मनोनीत

114
  •  
  •  
  •  

nagendra-kumalकाठमाडौं, २९ पुस (ओएनएस) :  आदिवासी जनजाती महासंघका अध्यक्ष नागेन्द्र कुमाल संविधानसभाको सदस्यमा मनोनीत भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष कुमाललाई संविधानसभा सदस्यमा मनोनय गरेको हो ।

यता एमाले कोटाबाट यस्तै त्रिविमा राजनीतिशास्त्र पढाउने लालबाबु यादव पनि सभासदमा मनोनीत भएका छन्

नेपाली कांग्रेस निकट कुमालको मंगलबार नै शपथ हुने बताइएको छ । उनलाई संविधानसभा सदस्यमा नेपाली कांग्रेसले सिफारिस गरेको हो ।

संविधानसभा सदस्यमा २६ जना मनानीत सभासद मध्ये अब २ जनाको पद खाली छ । यसअघि महासंघका महासचिव पेम्बा भोटे पनि एमालेको कोटामा संविधानसभाका सदस्य मनोनीत भएका थिए ।


  •  
  •  
  •