‘नागबेली’ को प्रिमियरमा बिहानै झुल्किइन करिश्मा

374
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) : समिक्षक दिपेन्द्र लामाको पहिलो कथा माथि नृत्य निर्देशक गोबिन्द राईको पहिलो निर्देशनमा बनेको फिल्म ‘नागबेली’ को प्रिमियर गरिएको छ । कमलपोखरी स्थित कुमारी हलमा आज बिहान गरीएको प्रिमियरमा आर्कषणको केन्द्र बनिन् अभिनेत्री करिश्मा मानन्धर ।

karisma 1

वल्र्ड कपको रन्कोले छोएका बेला नागबेलीको कार्यक्रममा निकै कम कलाकारको उपस्थिती रह्यो । तर आफ्नो प्रिय साथिले पहिलो पटक गरेको निर्देशनमा करिश्मा भने एका बिहानै झुल्किइन् । नागबेली हेरेपछि करिश्माले राईको खुलेर तारिफ गर्न भ्याइन् । ‘उनी जति राम्रो नचाउन सक्थे, त्यतिनैै राम्रो अभिनय निकालेर देखाए ।’ भन्दै उनले समिक्षक दिपेन्द्र लामाको कथा लेख्ने शैली र उठान गरिएको बिषयबस्तु राम्रो रहेको समेत प्रष्ट पारिन् ।

रोमियन लिम्बुको लगानी रहेको ‘नागबेली’ मा नीर शाहा, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराच गरच, विक्की मल्ल, सुरवी जैन, रुपा राना, लुनिभा तुलाधर लगायतका कलाकारले अभिनय गरेकाछन् । उक्त फिल्म असार १७ गतेबाट प्रर्दशनमा आउदै छ ।


  •  
  •  
  •