१२ जनाको नागरिकता खारेज

411
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : सरकारले १२ जनाको नागरिकता खारेज गरेको छ । झुट्टा विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै गृहमन्त्रालयले विभिन्न जिल्लाबाट जारी भएका १२ जनाको नागरिकता खारेज गरेको हो ।

खारेजीमा २०३६ सालमा नागरिकता लिएकादेखि २०७० सालमा लिएका समेत परेका छन् । खारेजीमा पर्नेमा सबैभन्दा धेरै बाँकेबाट नागरिकता लिएका छन् ४ जना छन् ।
गृहमन्त्रालले बाँके जिल्लाको उदयपुर –२ बाट २०३६ सालमा नागरिकता लिएका मतौवा कुर्मी, २०५९ सालमा नागरिकता लिएका नन्दकिशोर कुर्मी, २०५९ सालमा नागरिकता लिएका रामानन्द कुर्मी,राम चरित्र कुर्मीे, बाँके कम्दी–२ बाट नागरिकता लिएका भगवान यादवको नागरिकता खारेज गरेको छ ।

२०६३ सालमा पर्साको सवैढवा—७ को ठेगाना राखेर नागरिकता लिएका अनिलकुमार कुसावाह, बर्दिया राजापुर–६ बाट नागरिकता लिएका सना सिद्धिकी, सिन्धुलीको दुधौली–८ बाट नागरिकता लिएका ओमबहादुर थापामगर, रौतहतको वैरिया–५ बाट नागरिकता लिएका मुत्राप्रसाद कलवारको पनि नागरिकता खारेजीमा परेको गृहमन्त्रालयले जनाएको छ ।

सर्लाही–५ फरहदवाका रामपदारथ महतो, रामज्योती देवी, पर्साको विरगंज–१८ गतेबाट नागरिकता लिएका सुनिलकुमार साह र बाराको पिप्राढी–४ बाट नागरिकता लिएका रिपुकुमार साहको नागरिकता खारेज भएको गृहमन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयले एकबर्षभित्र यि नागरिकता खारेज भएको जनाएको छ ।


  •  
  •  
  •