राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित(पूर्णपाठ)

188
  •  
  •  
  •  

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ।

यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ।

त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेका तर बाबुको पहिचान हुन नसकेका व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछन्।


  •  
  •  
  •