नागरिकता अध्यादेश कार्यान्वयन नगर्नू : सर्वोच्च

51
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको छ ।

बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतलको आदेशमा सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन आएन तसर्थ नेपाल सरकार मन्त्रिपरिषदको सिफारिस बमोजिम जेठ ९ मा सम्माननीय राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनिएको छ ।

नागरिकता सम्बन्धी अध्यादेश विरुद्ध परेको रिटमा सुनुवाइएका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरिएको थियो ।


  •  
  •  
  •