नागरिकता विधेयकविरुद्ध जनता समाजवादी पार्टीले सबै जिल्लाबाट विरोध गर्ने

320
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टीले नागरिकता सम्बन्धी विधेयक प्रावधानविरुद्ध विरोध गर्ने भएको छ।

पार्टीले असार १६ गते ७७ जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने जनता समाजवादीको भनाइ छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिका विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ।

उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गरेको हो। जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति निकालेर नागरिकताका प्रावधानबारे जिल्लाबाटै विरोध गर्ने उल्लेख गरेका हुन्।

 


  •  
  •  
  •