नागरिकता विधेयक बहुमतले पास, वैवाहिक अङ्गीकृत नागरिकता ७ वर्षपछि मात्र पाउने

211
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको आइतबारको बैठकबाट बहुमतका आधारमा नागरिकता संशोधन विधेयक पारित गरिएको हो ।

फाइल तस्बिर

तर त्यस अवधिमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउन सक्ने व्यवस्था पनि गरिएको छ । यो अनुमतिपत्र प्राप्त गरेपछि पेसा, व्यवसाय सञ्चालन, उद्योग व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ । त्यसैगरी जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइलगायतका व्यक्तिघत घटना दर्ता गर्न पाइनेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत राखेपछि समितिले बहुमतले प्रस्ताव पारित गरेको हो ।

कांग्रेसको तर्फबाट दिलेन्द्रप्रसाद बडु र जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोले वैवाहिक नागरिकताको सात वर्षे प्रावधानप्रति आ–आफ्नो पार्टीको फरक मत दर्ता गराएका थिए ।


  •  
  •  
  •