राखेपले तिर्नै सकेन उधारो

203
  •  
  •  
  •  

काठमाडौं १४ बैशाख ।  सातौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट प्रतियोगिता गराउँदा विभिन्न व्यापारीसँग लिएको उधारो तिर्न नसक्दा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी बिचल्लीमा परेका छन् ।

जिल्ला छनोटका क्रममा विभिन्न शीर्षकमा व्यापारीसँग उधारोमा लिएको सामानको पैसा तिर्न नसक्दा देशभरका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी कार्यालयसमेत जान नसक्ने अवस्था उत्पन्न भएको छ ।

निरन्तर स्थानीय व्यापारीको दबाब झेल्नु परेपछि जिल्लाका पदाधिकारीहरुले आवश्यक रकमका लागि राखेप धाउने क्रम पनि बढेको छ । राखेपले २०७२ फागुन १७ गतेदेखि सातौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न ७५ बटै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको थियो ।

सम्बन्धीत शीर्षकमा बजेटको अभाव भएपछि राखेपले जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिहरुलाई पछि सोध भर्ना हुने गरी तत्कालका लागि आफ्नै पहलमा छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन दिएको थियो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •