विम्बल्डनमा १९ वर्षीय किशोरको उलटफेर

133
  •  
  •  
  •  

काठमाडौं, १८ असार (एजेन्सी)। अष्ट्रेलियाका १९ वर्षीय खेलाडी निक किरियोसले पूर्व विजेता स्पेनका राफेल नाडाललाई पराजित गर्दै नयाँ इतिहास रचेका छन् । मंगलबार राति लन्डनमा भएको खेलमा राफेल नाडाललाई १९ वर्षीय निकले पराजित गर्दै विम्बल्डन टेनिस प्रतियोगितामा उलटफेर गरे ।

उनले नाडाललाई चौथो राउण्डमा नै पराजित गरेका थिए । उनले नाडाललाई ७–६, ५–७, ७–६, ६–३ हराएर विम्बल्डनमा १९९२ पछि पहिलोपटक यस्तो उलटफेर गरेका हुन् । निक वाइल्ड कार्ड पाएर विम्बल्डनमा प्रवेश गरेका हुन् । निक १९९२ पछिका यस्ता खेलाडी बनेका छन्, जसको वरियता १ सय ४४ छ र उनले विश्व नम्बर एक खेलाडीलाई पराजित गरेका छन् ।
यस्तै, पूर्व विजेता मारिया सारापोभा पनि चौथो राउण्डमा पराजित भएकी छिन् । उनलाई जर्मनीकी ऐन्जेलिक कैयरबरले ७–६, ४–६, ६–४ले हराएकी छन् ।
यता, एकल पुरूष प्रतियोगितामा रोजर फेडेररले टमी रोब्रेडोलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।


  •  
  •  
  •