नाडा अटो शो २०१४ भदौ १८ देखि

71
  •  
  •  
  •  

काठमाडौं २, भदौ(ओएनएस) : नाडा अटो शो २०१४ आगामी भदौ १८ देखि हुने भएको छ । उक्त शो नेपाल अटोमोवाइल डिलर्स एशोसियशन र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेण्ट सर्भिसेज प्रालीले आयोजना गर्न लागेको हो ।

काठमाडौंमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । काठमाडौको भृकुटीमण्डपमा हुने शो ५ दिनसम्म चल्ने एशोसिएशनका अध्यक्ष शेखर गोल्छाले बताए । शोमा साना ठूला गरी १ सय स्टल रहने छन्, जसमा ५३ ओटा कम्पनीहरुले विभिन्न योजना सहित सवारी साधन तथा सवारी पार्टस् र अन्य सेवा प्रदर्शन गर्ने बताइएको छ ।

मेलामा १ सय करोड भन्दा बढीको व्यवसाय हुने आयोजकको अपेक्षा छ । अटोशोमा फियाट,होण्डा,किया, हुण्डाई,सुजुकी,महिन्द्रालगायत २० भन्दा बढी व्राण्डका गाडी प्रदर्शनमा राखिने बताइएको छ । प्रदर्शनीमा स्पेयर पार्टस,जेनेरेटर,ग्यारेज उपकरणलगायतको प्रदर्शन गरिने बताइएको छ । अवलोकनकर्ताको सुविधालाई ध्यानमा राखि २ पाङ्ग्रे,४ पाङ्ग्रे तथा कर्मशियल गाडीहरुको छुट्टाछुटै स्टल बनाइने बताइएको छ ।

शोको ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सो अवसरमा अध्यक्ष गोल्छाले अटोमोवाइललाई विलासीताको बस्तुको रुपमा नहेरी आर्थिक विकासका मेरुदण्डको रुपमा लिनपर्ने बताए । साथै गाडीमा लाग्ने कर घटाउन पनि आग्रह गरे ।


  •  
  •  
  •