नाडा अटो शो आजदेखि

110
  •  
  •  
  •  

nnnnnnn2काठमाडौं, १८ भदौ (ओएनएस) ः नाडा अटो सो बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु हुदै छ । मेलाको बेलुका ५ बजे उद्दघाटन गरिने भएको छ ।

मेलामा अधिकांश कम्पनीहरुले नयाँ प्रडक्ट सार्वजनिक गर्न लागेको मेलाको आयोजक नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा) ले जानकारी दिएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा बजाज,केटीएम,हरिो महिन्द्रा,रोयल इन्फिल्ड,टेरा मोटर्सलगायत ११ व्रान्डका मोटरसाइकल प्रदर्शनीमा राखिने भएको छ ।

त्यस्तै मेलामा होन्डा, स्कोडा।फियाड,सुजुकी,फोक्सवागनजस्ता गाडी प्रदर्शन गरिने बताइएको छ ।

मेलामा होन्डाको मोबिलियो,टाटाको स्ट्रोम लदाक,सुजुकी सेलेरियो, टोयोटा इटिओस क्रस, हुण्डाई एक्सेन्ट कारलगायत गाडी सार्वजनिक गरिने नाडाले बताएको छ ।


  •  
  •  
  •