वायुसेवा निगमले दशैँमा उडान थप गर्ने

76
  •  
  •  
  •  

काठमाडौं, २ असोज (ओएनएस) ः नेपाल वायु सेवा निगमले दशैलाई मध्यनजर गर्दै देशका विभिन्न दुर्गम ठाउँमा उडान थप गर्ने भएको छ ।

दशैमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढ्ने भएकोले उडान थप गर्न लागेको निगडमले जानकारी दिएको छ ।
निगमले दुर्गममा ४७ वटा जहाज थप्न लागेको हो । निगमका अनुसार लामीडाँडा, भोजपुर,जुम्ला,ताप्लेजुङ, ताल्चा मनाङ,सुर्खेतलगायतस्थानमा उडान थप गर्न लागिएको हो ।

विगतका बर्षम पनि चाडको समयमा उडान थपेर सुविधा प्रदान गर्दै आएको छ । फुलपातीको अघिल्लो दिनदेखि १२ दिनसम्म उडान थप गर्न लागिएको हो ।

निगमले चिनियाँ एमए ६० मार्फत दशैँ तथा तिहारलाइ केन्द्रित गरी सुगम क्षेत्रमा समेत उडान थप गरेको छ । निगमले हाल एमए ६० मार्फत विराटनगर साताको ६ वटा भैरहवा साताको ६ ओटा ,भैरहवामा साताको ६ ,भद्रपुरमा साताको ३ र धनगढीमा साताको ३ ओटा उडान गर्ने बताइएको छ ।


  •  
  •  
  •