नेवि संघले भन्यो, ‘उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा संगठन संलग्न छैन’

137
  •  
  •  
  •  

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ। संघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा नेविसंघको कहीँ कतै संलग्नता नरहेको जनाएका हुन् । विश्वविद्यालय हाताभित्रै भएको घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीका लागि पनि संघले त्रिवि प्रशासनसँग माग गरेको छ।

उपचाररत उपप्राध्यापक प्रेम चलाउने

अध्यक्ष ढुंगानाले त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि भएको हमला त्रिवि पदाधिकारीको निर्देशनमा नेविसंघलाई बदनाम गराउन रचिएको एउटा षडयन्त्र भएको आरोप लगाएका छन्। उनले घाइते चलाउनेको शिघ्र स्वाथ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्था मिलाउन त्रिवि प्रशासनसमक्ष माग गरेको छ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले घटना हुनुभन्दा २ दिन अघिदेखि कोरोना संक्रमित भएर उपचारत तथा होम आइसोलेसनमा रहेका विद्यार्थी नेताहरुको नाम मुछेर गरिएको अनर्गल प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीमाथि लगाइएको झुटा मुद्दा खारेजीको माग गरेका छन्।

 


  •  
  •  
  •