भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति नेवि संघको आपत्ति

71
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति आपत्ति जनाएको छ ।

नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसंघले बिहीबार त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको थियो ।
कार्यक्रममा नेविसंघका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए ।

विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए ।
भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी पनि राखेपछि सवस्त्र विरोध हुँदै आएको छ ।


  •  
  •  
  •