कांग्रेस नेता जोशीको मस्तिष्कको शल्यक्रिया

141
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ ।
मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै शल्यक्रिया गरिएको परिवारले जनाएको छ ।
उनका दाजु राजुराज जोशीका अनुसार अप्रेसनपछि जोशीलाई आईसीयू कक्षमा भेन्टिलेटरमा राखिएको छ ।

नवीन्द्रको मस्तिस्कको केही भागमा रगत देखिएका कारण उनको तत्काल अप्रेसन गरिएको अस्पतालले जनाएको छ ।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।


  •  
  •  
  •