नबिल बैंकको तीन नयाँ शाखा सञ्चालनमा

238
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : नबिल बैंकले एकैदिन पोखरामा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले प्रदेश नं ४ पोखराको मुख्य कार्यालय न्युरोड शाखासहित लेखनाथको तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
प्रादेशिक कार्यालयको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र बैंकका सञ्चालक समिति अध्यक्ष शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा बैं‌कको उद्घाटन गरेका हुन्। 
 

नबिल बैंकले ६२ वटा शाखा, १ सय ५ वटा एटिएम बुथबाट सेवा दिँदै आएको छ।


  •  
  •  
  •