काठमाडौं ,२६ असार (ओएनएस) । नेपली वित्तीय क्षेत्रको विकास तथा विस्तारमा आफूहरूको योगदान अतुलनिय रहेको नविल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बताए । नीजि क्षेत्रबाट स्थापित नेपालकै पहिलो बाणिज्य बैङ्क भएकोले विकास तथा विस्तारमा योगदान रहेको उनले दावी गरे ।
बैङ्कको ३०औं वार्षिकोत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । ज्ञवालीका अनुसार निक्षेप सुरक्षण तथा कर्जा विस्तार, नयाँ बैङ्किङ सेवाको थालनी तथा राजस्व वृद्धिमा योगदान वैङकको सवल पक्ष रहेको हुन् ।
त्यस्तै बैङ्कले लगानीकर्तालाई उचित प्रतिफल वितरण, छिटोछरितो र उत्कृष्ट सेवालगायत सुविधा प्रदान गरेको जानकारी दिए ।
साथै बैङ्क ‘बिद्युतीय प्रबिधि तथा मोबाइल प्रबिधिमा आधारित सेवालाई अझ नयाँ तथा सुरक्षित बनाइ ग्राहक समक्ष ल्याउने प्रतिवद्वता समेत व्यक्त गरे । आगामी दिनमा बैङ्कलाई उत्पादनमुलक क्षेत्रमा अझै बढि केन्द्रित गर्ने योजना छ उनले भने ।
बार्षिकोत्सवको अवसरमा राजधानीको टुडिखेल परिसरमा र मिनभवनस्थित वाग्मति किनारमा वृक्षारोपण कार्यक्रम गरेको छ । त्यस्तै उपत्यका बाहिरका शाखाबाट अनाथलयलाई पाठ्य सामाग्री, भोजन र लत्ताकपडा, वृद्धाश्रमलाई दैनिक उपभोग्य र सरसफाईका सामान वितरण गरेको बताएको छ ।
हाल बैङ्कले अन्तरराष्ट्रिय स्तरको बैङ्किङ प्रविधिबाट आफ्ना ४८ ओटै शाखा तथा एटीएमबाट वित्तीय सेवा पु¥याउदै आएको छ ।