नविललाई ‘उत्कृष्ट लेखा प्रस्तुती सम्मान ’

325
  •  
  •  
  •  

 

 

काठमाडौं, ६ साउन (ओएनएस) ।  नविल बैंक लिमिटेड ‘उत्कृष्ट लेखा प्रस्तुती सम्मान ’ बाट सम्मानित भएको छ । अर्थमन्त्री डा रामशरण महतबाट नविल बैंकका प्रमुख वित्त अधिकृत कृष्णदत्त भट्टराइले सो सम्मान ग्रहण गरेका हुन् ।

नविल बैंक हालसम्म पाँच पटक सो सम्मानबाट सम्मानित भइसकेको छ । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले बैंकलाई सो सम्मान प्रदान गरेको हो ।   हाल बैङ्कले अन्तरराष्ट्रिय स्तरको बैंकिङ प्रविधिबाट आफ्ना ४८ ओटै शाखा तथा एटीएमबाट वित्तीय सेवा पु¥याउदै आएको छ ।

बैंकले निक्षेप सुरक्षण तथा कर्जा विस्तार, नयाँ बैं्किङ सेवा उपलब्ध गर्नुका साथै राजस्व वृद्धिमा योगदान पु¥याउँदै आएको छ ।


  •  
  •  
  •