तदर्थ समिति गठनको माग राख्दै नेविसंघको धर्ना

247
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले तदर्थ समिति गठनको माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकका लागि नेताहरु आउन थालेपछि संघका कार्यकर्ता धर्नामा बसेका हुन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता, कार्यकर्ताले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग राखेका छन् ।

संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले नेविसंघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना गरिएको बताए ।

आफ्नो कार्यकाल सकेर थपिएको समयभित्र पनि १२ औं महाधिवेशन गर्न नसक्दा सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ ।


  •  
  •  
  •