तत्काल तदर्थ समिति गठन तत्काल गर्न माग

302
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ताले आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन् ।

संघको तदर्थ समिति गठन तत्काल गर्न माग गर्दै संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा विद्यार्थीको टोली देउवा निवासमा पुगेको थियो । पाँच सय भन्दा बढि संघका कार्यकर्ता देउवालाई भेट्न पुगेको शाहले जानकारी गराएका छन् ।

पार्टीमा छलफल गरी विद्यार्थीहरुको भावना अनुरुपकै नेतृत्व चयन गर्ने सभापतिले वचन दिएको शाहले जानकारी गराए।
१२ औं महाधिवेसन समयमा गर्न नसकेपछि संघलाई कांग्रेस केन्द्रीय समितिले गत महिना विघटन गरेको थियो।

तदर्थ समिति ३२ वर्ष उमेर हदबन्दी लगाउनेरनलगाउनेमा पार्टी र संघमा विवाद छ । १२ औं महाधिवेशनमा मात्रै उमेरको हद लाग्ने शाहले दाबी गरे ।


  •  
  •  
  •