नवराज विकलाई मरणोपरान्त पुरस्कार

299
  •  
  •  
  •  

काठमाडौं । सरकारले रुकुम पश्चिम घटनामा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने जनाएको हो ।

नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ।

यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जनालाई गाउँलेले कुटपिट गरि हत्या गरेका थिए । घटनाका अभियुक्त २३ जनालाई जिल्ला अदालत रुकुमले पुर्पक्षका लागि थुनामा पठाएको छ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो।

हेर्नुहोस् अन्य पुरस्कार पाउनेहरु

 


  •  
  •  
  •