काठमाडौं, ४ कार्तिक (ओएनएस) : नवलपरासीमा बस पल्टीएर दुर्घटना हुँदा ६ को ज्यान गएकाे छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ बाहुनीकुनामा आज विहान भएको बस दुर्घटनामा उनीहरुकाे ज्यान गएको हाे । त्यस्तै घटनामा परी अन्य ४१ जना यात्रु घाइते भएका छन । घटनास्थलमै पांच जनाको ज्यान गएको हाे भने थप एक जनाको उपचारका क्रममा मृत्य भएको बताईको छ ।
इटहरीबाट भैरहवाका जांदै गरेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परेका घाईते ४२ जनालाई उपचारका लागि नारायणगढ पठाईएको र ६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्ने अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । घटनाको प्रकृती र घाईतेहरुको अवस्था हेर्दा मृतकको संख्या बढन सक्ने अनुमान गरिएको छ ।