संविधान नआउनुमा एमाओवादी नेतृत्वको मोर्चा दोषी : मन्त्री साउद

531
  •  
  •  
  •  

NP-saudकाठमाडौं, ९ माघ (ओएनएस) : सिँचाईमन्त्री एनपी साउदले एमाओवादी पार्टीले रुसमा लेनिनले संविधान लेखनमा अपनाएको शैली अहिले अपनाईरहेको भन्दै यस्तै शैली कायम राखे छिट्टै राजनीतिक मूलप्रवाहबाट एक्लिने सम्भावना रहेको बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री साउदले भने – ‘हिजो संविधानसभाबाट संविधान नआउनुमा सबैभन्दा बढि दोषी एमाओवादी र मधेशवादीदलहरु नै हुन्, प्रक्रिया अवरुद्ध गरेर एमाओवादीले संविधानसभाबाट संविधानजारी गर्ने चाहेको छैन, बरु उसले त संविधानसभा बाहिरबाट संविधान बनाउन चाहेको छ ।’
मन्त्री साउदले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अघि सारेको प्रस्ताव मध्यमार्गी एवम् सहमतिको लागि उपर्युक्त विकल्प भएको उल्लेख गर्दै काँग्रेसले उक्त प्रस्तावको समर्थन गरेको बताएका छन् ।
उनले गच्छदारले अघि सारेको प्रस्ताव संविधान जारी गर्नकाले लागि मध्यमार्गी प्रस्ताव भएकाले आफ्नो पार्टीले त्यसको समर्थन गरेको स्पष्ट पारेका छन् ।


  •  
  •  
  •