किसका अनौठा तथ्य

373
  •  
  •  
  •  

couple-kissingआफन्त या नजिकको मान्छेलाई आफ्नो न्यायो माया दर्शाउनका लागि किसको प्रयोग गर्ने गरिन्छ । पुरूष तथा महिलाले गर्ने किसलाई पनि फरक-फरक तरिकाले प्रस्तुत गर्ने गरिन्छ । प्रेमी-प्रेमीकाबीच हुने किसलाई प्रेमालापका लागि गरिने किस या एक-अर्कालाई आकर्षित गर्नका लागि गरिने किसका रुपमा लिने गरिन्छ भने एक आमाले छोरी या छोरालाई गर्ने किसको अर्थ माया मात्र हुन्छ । त्यसैले किसले पनि मानिसलाई नजिक या टाढाको बनाउने गर्छ ।

किस पनि फरक-फरक ढंगले गर्ने गरिन्छ र किस गर्नुका पनि फरक-फरक तथ्य छन् । थाहा पाऔ केही किसका अनौठा तथ्यहरू…

  • महिला र पुरूषले फरक-फरक कारनका लागि किस गर्ने छन् । पुरूषले गर्ने किसमा महिलाबाट सेक्ससम्बन्धि गुणहरू वा महिलालाई आकर्षित गर्नका लागि गर्छन् भने महिलाले गर्ने किसले पुरूषको मुल्याङकन गर्नका लागि गर्ने गर्छन् ।
  • आफ्नो पहिलो डेटमा औसतमा १.८५ महिलाले १ जनाले अर्थात् ५४ प्रतिशत महिलाले पुरूष पार्टनरलाई किस गर्ने गर्छन् ।
  • प्रायः सबै मानिसहरु जो दाहिने या देब्रे जे भएपनि किस गर्नका लागि आफ्नो टाउको दाहिनेतिर मोड्ने गर्छन् ।
  • किस गर्नुलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जोडीले गर्ने किसले उनीहरूबीचको सम्बन्धलाई गाढा बनाउन, सेरम कोलस्टेरोलका लागि पनि राम्रो हुने गर्छ ।
  • आफ्नो पहिलो किसमा महिलाले भन्दा पुरूषले बढी आनन्द लिने गर्छन् ।
  • कुनै महिलाले आफ्नो पहिलो किस भन्दा पनि पहिलो स्यान्डललाई सम्झने गर्छन् ।
  • आफ्नो प्रेमी या पार्टरनलाई किस गर्दा प्राय सबै महिलाले आँखा चिम्लिने गर्छन् ।

  •  
  •  
  •