दुई जनाको हत्याको घटना सेलाउन नपाउँदै थप एकको रहस्यमय मृत्यु

137
  •  
  •  
  •  

kanchanpur

कञ्चनपुर, १२ भदौ (ओएनएस) : कञ्चनपुरका विद्यार्थी नेता डम्बर जाग्री र शसस्त्र प्रहरी बलका जवान नरेन्द्र कुवँरको हत्याको घटना सेलाउन नपाउदै दुई साताको अन्तरालमा थप एक युवकको रहस्यमयी मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–९का सुर्जे सार्की मृत अवस्थामा फेला परेका छन् । ३० वर्षीय सार्की आज (सोमबार) बिहान पुनर्वास–९ स्थित एक नालामा मृतअवस्थामा भेटिएको पुनर्वास प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज प्रहरी निरीक्षक दलराम टमाटाले मृत अवस्थामा भेटिएका सार्कीको प्रारम्भिक अनुसन्धान जानकारी दिए ।

हत्या वा भवितव्य के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । सार्कीको शरीर सुनिएको छ भने टाउकोमा रगत बगेको छ ।

सार्कीको घटना स्थलको मुुचुल्कासंगै पोष्टमाष्टका लागि सेती अञ्चल अस्पताल लगिएको छ । परिवारजनले भने हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारबाहीको माग गरेका छन् । सार्कीका चार सन्तान छन् ।


  •  
  •  
  •