उपल्लो मुस्ताङमा यो वर्षको पहिलोपटक हिउँ

47
  •  
  •  
  •  

मुस्ताङ । शुक्रबार बिहानदेखि उपल्लो मुस्ताङमा हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले जानकारी दिए ।

डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई÷तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।


  •  
  •  
  •