ट्रफि वितरण गर्न नपाएको झोकमा आइसीसीका अध्यक्षले दिए राजीनामा

128
  •  
  •  
  •  

१८ चैत (एजेन्सी) :  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका अध्यक्ष कमाल मुस्ताफाले पदबाट राजीनामा दिएका छन् । बंगलादेशका नागरिक मुस्ताफाले विश्वकप क्रिकेटको ट्रफि वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

यसअघि आइतबार सम्पन्न विश्वकप क्रिकेट विजेता टिम अष्ट्रेलियालाई विजेताको ट्रफि भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीआइसीसीका अध्यक्ष एन श्रीनिवासले दिएपछि मुस्ताफा असन्तुष्ट बनेका थिए ।

उनले आइसीसीको अधिकार खोसिएको भन्दै भण्डाफोर गर्ने समेत जनाएका छन् । यसअघि उनले भारत र बंगलादेशबीचको म्याचमा पनि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै गतल निर्णय भएको तथा फिक्सिङको समेत आरोप लगाएका थिए ।


  •  
  •  
  •