मुस्लिम आयोगको अध्यक्षमा सिफारिश अन्सारीमाथि सर्वोच्च अदालतमा रिट

17
  •  
  •  
  •  

काठमाडौं, १ चैत्र(ओएनएस) : संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्षमा सिफारिश भएका समिम मियाँ अन्सारीमाथि सर्वोच्च अदालतमा रिट परेको छ ।

जाली नागरिकता, शैक्षिक प्रमाणपत्र तथाउमेर नमिले पनि सवैधानिक परिषद्को तर्फबाट अन्सारीलाई आयोगको अध्यक्षमा सिफारिश गर्ने बाटो खुलेको भन्दै अब्दुल सलामले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

मियाँविरुद्ध सार्वजनिक सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्र जाली रहेको उजुरी परेको थियो । तर समितिले अनुमोदन गरिसक्नुपर्ने मिति गुजारेर मुस्लिम आयोगका अध्यक्षमा समिम मियाँ अन्सारीका लागि नियुक्तिको बाटो खुलेको छ ।

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएका व्यक्तिको सुनुवाइ तोकिएको समयमा हुन नसकेमा तोकिएका व्यक्ति स्वतः अध्यक्ष हुने प्रावधान छ ।

मियाँको नामको बारेमा गएको फागुन २५ गते अन्तिम निर्णय गर्ने समय थियो । उक्त दिन बसेको समितिको बैठकले कुनै निर्णय गर्न सकेन् ।

परिषद्बाट सिफारिस भएर आएको नाममा समितिले ४५ दिनभित्र टुंगो लगाउनुपर्ने थियो । त्यो अवधिमा टुगों नलगाए परिषदलाई नियुक्तिको अघि बढाउन कुनै समस्या नहुने व्यवस्था रहेको छ ।
परिषद्ले अन्सारीको नाम माघ १० गते समितिमा पठाएको थियो ।
अन्सारीको नागरिकता, शैक्षिक योग्यता र राजनीतिक दलका सदस्यता सम्बन्धमा प्रश्न उठेको थियो ।

सर्वोच्चमा रिट दायर गरेका अब्दुलले उनको नागरिकताको बारेमा छानविन गर्दा उनको उमेर ३८ वर्ष मात्र पुगेको बताएका छन् । तर आयोगका अध्यक्षका लागि ४५ वर्ष उमेरको हद तोकेको छ ।
रिटकर्ता सलामले पनि आयोगको अध्यक्षका लागि उम्मेदवारी दिएका थिए ।

यो पनि हेर्नुहोस्

मुस्लिम आयोगमा सिफारिस अन्सारीलाई अध्यक्ष बन्ने दौडधुपबाट पछि हट्न सुझाव


  •  
  •  
  •