२४ वर्षीय दलित युवाले जिते वडाध्यक्ष

131
  •  
  •  
  •  

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा २४ वर्षीय दलित युवाले वडाध्यक्ष जितेका छन् । वडा नम्बर– ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (वि.क)ले त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै वडाध्यक्ष जितेका हुन् ।

वि.कले ५९३ मत ल्याएर विजयी भएका हुन् भने सापकोटाले ५२४ मत ल्याए । गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका उनी नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा सो पाटी निकट नेपाल दलित सघं मुसिकोट नगर सभापति समेत हुन् ।


  •  
  •  
  •