संगीतकै कारण अर्जुन चर्चामा

141
  •  
  •  
  •  

काठमाडौं, २३ साउन : संगीतकार अर्जुन पोखरेलको चर्चा यतिखेर फेरि चुलिएको छ । कुनै एल्बम संगीतको कारणले उनको चर्चा चुलिएको भने होइन । फेरि पनि चलचित्र संगीतकै कारणले उनी सबैतिर छाएका हुन् । उनले संगीत भरेको चलचित्र ‘स्टुपिड मन’ का गीत र संगीतका चर्चा अहिले चारैतिर छ । ‘दिलमाया’ बाट चलचित्र संगीतमा पाइला चालेका अर्जुनले अहिलेसम्म जति चलचित्रमा संगीत भरेका छन्, तीमध्ये अधिकांश गीतले सांगीतिक उचाई चुमेका छन् ।

‘दिलमाया’ देखि अहिले चलचित्र ‘स्टुपिट मन’ सम्म आइपुग्दा अर्जुनका संगीत रहेको ‘बाटो मोडेर गयौ’, ‘सुन्छु तिमीले मलाई भुल्नै आ“टेकी छौ रे’, ‘सरसर बेग मारी बेनीको बस आयो’ जस्ता दर्जनांै गीत हिट भएका छन् । गीत संगीतका कारणले गतवर्ष आयोजित अधिकांश अवार्ड पाएका अर्जुन अहिलेका व्यस्त संगीतकारमध्येका एक हुन् । यस वर्ष आयोजित केही अवार्ड समारोहमा पनि उत्कृष्ट संगीतकार विधामा पर्न सफल उनी ‘स्टुपिड मन’ का गीतले पनि आफूलाई यस वर्ष आयोजना हुने अन्य केही अवार्ड दिलाउने बताउ“छन् ।

चलचित्र ‘स्टुपिड मन’ ‘तिम्रो आँखामा आ“सु हेरी हास्ने दिन नआओस्..’ र ‘तिमीलाई रुवाई रुवाई बा“च्ने दिन नआओस्..’ बोलको गीत यतिबेला बालकदेखि वृद्धसम्मको जिब्रोमा झुण्डिएको छ । विशेषगरी रोमान्टिक र सेन्टिमेन्टल गीतमा संगीत भर्न अब्बल सावित हँुदै आएका छन्, अर्जुन । ‘स्टुपिट मन’ को अहिले चर्चामा रहेका माथिका दुई गीत पनि सेन्टिमेन्टल नै छन् । यी गीतमा शब्द पनि अर्जुनले नै कोरेका हुन् ।

‘स्टुपिड मन’ आगामी भदौ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनपछि गीतका कारणले झ्न आफ्नो चर्चा चुलिने अर्जुनको विश्वास छ । अभिनेता निरज बरालस“गको सहकार्यमा विवेक शाहीले निर्माण गरेको ‘स्टुपिड मन’ दिवाकर भट्टराईको निर्देशनमा तयार भएको हो ।

‘स्टुपिड मन’ मात्र नभई निर्माणको अन्तिम चरणका रहेको चलचित्र ‘सत्यदीप’, ‘कैफियत’, ‘टाइगर द रियल हिरो’ का गीत पनि निकै राम्रो बनेको दाबी अर्जुनको छ । ‘टाइगर द रियल हिरो’ मापसेले मारो बोलको गीत पनि पछिल्लो समय संगीतिक बजारमा उचाई लिँदै छ । यसको अलवा ‘मेरो मान्छे’, ‘युवराज’, ‘गाफील’, ‘कलियुग’ लगायतका चलचित्रका गीतमा पनि अर्जुनले संगीत भरिसकेका छन् । सबै चलचित्रमा आफूले उत्कृष्ट संगीत दिने कोशिष गरेको अर्जुनले बताए ।


  •  
  •  
  •