‘कहाँ गयौ तिमी’ म्युजिक भिडियो सार्वजनिक

158
  •  
  •  
  •  

काठमाडौं । ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रमोद खरेलको आवाज रहेको गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् ।
बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका छन् ।

पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ । ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •