पत्रकार नबिनबाबुको निर्देशनमा बबिताकाे ‘घन्काइदेउ मादलु’

272
  •  
  •  
  •  

ghankai deu

काठमाडौं, १९ साउन (ओएनएस) : फोटो पत्रकार नबिनबाबु गुरुङको निर्देशनमा बनेकाे ‘घन्काइदेउ मादलु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो बिमोचन गरिएको हो । गायिका बबिता सिटौलाको स्वर रहेको गीतको भिडियोमा पार्वती राईले नृत्य गरेकी छन् ।

नृत्य निर्देशन तथा छायांकन नबिनले अाफै गरेका छन् । भिडियोमा मोडेल पार्वतीको बेजोड प्रस्तुति दिएकी छन् । कमल एकचै मगरले सम्पादन गरेको यस म्युजिक भिडियोलाई बिन्दावासिनी म्युजिकले निर्माण गरेकाे हाे ।

भिडियोसहित :

 


  •  
  •  
  •