च्याउ बेच्दै बालबालिका

370
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) । नवलपरासीको डण्डा दुम्कीबास सडकखण्डमा भुड्की च्याउ वेच्न बसेका बालकहरु । उनीहरुले दैनिक १ हजार २ सय रुपैयाँसम्मको च्याउ विक्री गर्ने बताउँछन् । असारको पहिलो सातादेखि यो च्याउ बजारमा आउने स्थानीय बताउँछन् ।

यो अन्य च्याउ भन्दा स्वादिलो हुने भएकोले माग पुरा गर्न नसकिएको उनीहरुले बताए । सालको जरामा उम्रने यो च्याउ मनसुन सुरु भएको १५ दिनदेखि २५ दिनसम्म मात्र पाइन्छ । यो च्याउ ३० देखि ३५ डिग्रि तापक्रममा उम्रन्छ ।
तस्वीर : रक्षा/ओएनएस

 


  •  
  •  
  •