मूर्ति तोडफोडको घटनाप्रति साझा पार्टीको ध्यानाकर्षण

89
  •  
  •  
  •  

काठमाडौं । रुपन्देहीको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको गौतम बुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता डा.सूर्यराज आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालका गौरव, शान्ति र सह–अस्तित्वका प्रेरक गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य गम्भीर सामाजिक अपराध रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो ।’
घटनाको सुक्ष्म अनुसन्धान गरी तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनस्र्थापन गर्न समेत सो पार्टीले माग गरेको छ ।

भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रबन्ध मिलाउन साथै दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न साझा पार्टीले सरकार समक्ष आग्रह गरेको छ ।


  •  
  •  
  •