ग्लोबल आइएमई र जनता बैंक मर्जर हुने

305
  •  
  •  
  •  

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच मर्जर हुने भएको छ ।
शुक्रबार आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनेछन् ।

सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट हुनेछन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।


  •  
  •  
  •