छोरीको हत्या आरोपमा बाबु र दाजु पक्राउ

287
  •  
  •  
  •  

hatya
महोत्तरी, १७ साउन (ओएनएस) : महोत्तरीको गौशाला नगरपालिका–२ की एक महिलाको हत्या गर्ने मृतककै बाबु र दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पक्राउ गरेको हो । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

बाबु र छोराले आफ्नै छोरीबहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरेका थिए ।

गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको थियो।

विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए।


  •  
  •  
  •