ढुङ्गामा पछारेर भतिजीको हत्या

343
  •  
  •  
  •  

बैतडी, ८ साउन (ओएनएस) : बैतडीको महाकालीमा विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै भएको बेला गेडागुडीमा हाल्ने विषादी खाएर महाकाली–८, पुडिलका पाँच वर्षीय पंकज साउद र उनकै दुई वर्षीया बहिनी कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका परिवार खेतमा काम गर्न गएका बेला विषादी खाएर बेहोस भएका उनीहरूलाई उपचारका लागि स्थानीय महाकाली उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले जानकारी दिए ।
यसैबीच, बैतडीको कटौजपानीमा मंगलबार राति एक व्यक्तिले आफ्नी सात वर्षकी भतिजीलाई ढुंगामा पछारेर हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । कटौजपानी–४, कालागाउँका २२ वर्षीय अने लुहारले भतिजी पुष्पा लोहारलाई ढुङ्गामा पछारेर हत्या गरेपछि घरभन्दा पाँच सय मिटर टाढा रुखमा झुण्डिएर निजले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


  •  
  •  
  •