वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै हत्या

230
  •  
  •  
  •  

जनकपुर–२७ कात्तिक २०७३ मा जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकानजिकै जनकपुर–ढल्केबर सडकखण्डमा गाडीले ठक्कर दिएको अवस्थमा शव बरामद भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातिको समयमा कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्‍यो । तर, थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो ।

वास्तवमा प्रेम र सम्पत्तिका कारण ठाकुरको हत्या भएको थियो । ठाकुरको शव पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि घरमै राखिएको अवस्थामा एक अपरिचित मृतककी श्रीमती नितु मिश्रलाई भेट्न पुगे । त्यसपछि प्रहरीले नयाँ ढंगले अनुसन्धान
अघि बढायो ।

ठाकुर २६ कात्तिक दिउँसो घरबाट निस्केका थिए । त्यो दिन उनी घर आएनन् । नितुले भोलिपल्ट बिहान श्रीमान् घर नआएको आफन्तलाई जानकारी दिइन् । प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो । र, नियन्त्रणमा लिई सोधपुछ सुरु गर्‍यो ।  सोधपुछका क्रममा उनले छिमेकी जितेन्द्र चौधरीसँग प्रेमसम्बन्ध रहेको स्वीकार गरिन् । प्रहरीले जनकपुर–६ का ३० वर्षीय जितेन्द्र चौधरीलाई पनि पक्राउ गर्‍यो । त्यसपछि घटनाको वास्तविक रहस्य खुलेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

श्रीराम ठाकुर वैदेशिक रोजगारीमा गएको वेला जितेन्द्र र नितुबीच प्रेम बसेको थियो । ठाकुर फर्किएपछि आफूहरूको प्रेममा बाधक बनेकाले योजना बनाई हत्या गरेको जितेन्द्रले स्वीकार गरेका छन् । नितुले वेला–वेला आर्थिक सहयोग पनि गर्दै आएको उनले बयान दिएको प्रहरीले जनाएको छ । तर, श्रीराम विदेशबाट फर्केपछि आर्थिक सहयोगसमेत बन्द भएकाले हत्या गरेको जितेन्द्रले प्रहरीलाई बयान दिएका छन् ।

धनुषाको प्रको महुवा घर भई हाल जनकपुर–४ बस्ने २८ वर्षीय मनोज चौधरीलाई आर्थिक प्रलोभनमा पारी जितेन्द्रले हत्या गर्न लगाएका थिए । जिल्ला अदालतले जितेन्द्र चौधरी र मनोज चौधरी दुवैलाई पुर्पक्षका लागि जलेश्वरस्थित कारागार पठाएको छ । नितुलाई भने एक लाख धरौटीमा रिहा गरेको छ ।

नयाँ पत्रिकाबाट


  •  
  •  
  •