सम्बन्ध टुटाइदिएको निहूँमा पूर्वससुराको हत्या, भाग्दा भाग्दै समातिए हत्यारा

309
  •  
  •  
  •  

रुपन्देही, २४ मंसिर (ओएनएस) :  रुपन्देहीको मोतिपुरमा एक ब्यक्तिले पूर्वससुराको अन्य गरेका छन् । नवलपरासीका रामप्रसाद चौधरीले श्रीमतीसँगको सम्बन्ध टुटाइदिएको निहुँमा पूर्वससुरा श्यामसुन्दर थारुले हत्या गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोतिपुर रानीगञ्जका ४५ वर्षिय श्यामसुन्दरको मंगलवार राती हत्या भएको हो । हत्यामा संलग्न भएको भन्दै नवलपरासीका रामप्रसादलाई प्रहरीले बुधवार दिउसो भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालका अनुसार पक्राउ पर्ने रामप्रसाद नवलपरासी बोञ्जरीय गाविस ८ बमौलीका हुन । हत्या गरेर फरार रहेको अवस्थामा भैरहवाको वर्मेली टोलबाट प्रहरीले पक्राउ गरेको उनले बताए । ३५ वर्षिय रामप्रसाद श्यामप्रसादका पूर्व ज्वाई हुन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सिवराज क्षेत्रीका अनुसार घटना मंगलवार साझ ७ बजेदेखि राती ९ बजेसम्मको अवधीमा घटना भएको हो । घरमा कोही पनि नभएको अवस्थामा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा रहेका श्रीमती र कान्छी रोरी छिमेकीको घरमा गएको बेलामा उनको हत्या भएको हो । टिभि हेर्न गएका आमा छोरी राती ९ बजे घर फर्केर आउदा रगताम्य अवस्थामा पल्टेको श्यामसुन्दरलाई देखेपछि छिमेकीलाई खवर गरेका थिए । छिमेकी जम्मा भएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी पोष्ट देवीनगरबाट प्रहरी घट्ना स्थलमा पुगेको थियो ।

घटना थाहा पाएपछि प्रहरीले रुपन्देहीको चारै नाकाहरुमा प्रहरी परिचालन गरी हत्यारा खोजी थालेको थियो । चारै तीर प्रहरी परिचालन तथा पोखराबाट तालिम प्राप्त कुकुर समेत प्रयोग गरेपछि प्रहरीले घटना १६ घण्टा भित्रैमा सिद्धार्थ नगरपालिका वुद्धचोकबाट रामप्रसादलाई पक्राउ गर्न सफल भएको हो ।

अपराधीलाई पक्राउ गरेपछि प्रहरीले बुधवार इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी घटनामा प्रयोग भएको हतियार सहित अभियुक्तलाई सार्वजनिक ग¥यो । पत्रकार सम्मेलनमा रुपन्देहीका प्रहरी प्रमुख एसपी ढकालले कुकुर तथा फोनको लोकेसनका आधारमा उसलाई पक्राउ गर्न सकिएको बताए । घटनाका बारेमा थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।


  •  
  •  
  •