अपहरणको १५ दिनपछि मेनपावर सञ्चालक हत्या

46
  •  
  •  
  •  

काठमाडौं, १२ असोज : आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ ।

 शनिवार दिउँसो उनको शब बर्दघाट नगरपालिका- १० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग  एक करेाड नगद माग गरेका थिए । त्यति रकम नपाएको १५ दिनपछि उनको शब जंगलमा भेटिएको हो । नचिनिने अबस्थाको शवका बारेमा जंगलमा काम गर्न गएका स्थानियले जानकारी गराएका थिए ।

गुरुङले लगाएको पहिरनका आधारमा मृतकको पहिचान खुलेको अनुसन्धानमा खटिएका डिएसपी हेमकुमार थापाले कान्तिपुरलाई जानकारी गराए । शव भेटिएको स्थल महेन्द्र राजमार्गको भूताहा बजारबाट करिब ४ किलोमिटर उत्तरमा रहेको छ ।

 रुपन्देही सिद्धार्थनगरपालिका- ८ कैलाशपथ निवासी ३८ वर्षका गुरुङलाई  अपहरणकारीले गत भदौ २८ गते अपहरण गरेर बेपत्ता बनाएका थिए । केहिवर्ष बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा बसेर फर्किएका उनी  मेनपावर सञ्चालक भएर काम गर्दै आएका थिए ।  उनको परिवारमा बाबु, आमा, श्रीमती, छोराछोरी छन् । उनको शनिवार नै पोष्टमार्टम गरीएको छ । शव परिवारको जिम्मा लगाइएको छ ।

कान्तिपुर दैनिकबाट 


  •  
  •  
  •