सम्पति विवादमा हम्मरले हानेर दाईले गरे भाईको हत्या

592
  •  
  •  
  •  

hattya
काठमाडौं, ८ भदौ (ओएनएस) : काठमाडौको झोँछेमा सम्पति विवादमा दाजुले भार्इको हत्या गरेका छन् । ५२ वर्षीय दाजु राजीव मानन्धरले ४६ वर्षीय भार्इ गौतम मानन्धको मम्मरले हानेर बुधबार दिउसो हत्या गरेका हुन् ।

घटनाबारे प्रहरीले बुधवार राति मात्रै जानकारी पाएको महानगरीय जनसेवा बृत्तले जनाएको छ । हत्या गरी फरार भएका दाजु राजीवलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको बृत्तका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले पहिलोपोस्टलाई बताए।

भाइ गौतम दुर्व्यसनी भएको र घरमा पटक पटक सम्पतिको विषयमा झगडा गर्ने हुँदा आवेगमा आएर हम्मरले हान्दा भाईको मृत्यु भएको राजीवले स्वीकार गरेका छन् ।


  •  
  •  
  •