दोहोरी गीतमा पनि सेन्सर हुनुपर्छः गायिका रोक्का

307
  •  
  •  
  •  

गायिका मुना रोक्का लोकदोहोरी भिडियोका साथै स्टेज कार्यक्रममा व्यस्त छिन् । ७ वटा लोकदोहोरी भिडियो र थुप्रै कार्यक्रममा गीत गाएकी गायिका मुनासँग कुराकानीको सम्पादित अंशः

कसरी लाग्नुभयो कलाकारिता क्षेत्रमा ?

एसएलसी दिएपछि कलाकारिता क्षेत्रमा लागेँ । सानैदेखि लोकगीत सुन्थेँ, गुनगुनाएँ । सानैदेखि रुची भएकाले अगाडि बढ्न सजिलो भयो । स्कूल पढ्दा जिल्लास्तरीय प्रतियोगितामा पनि पहिलो भएको थिएँ ।

तपाई कोबाट प्रभावित हुनुभयो ?
विमाकुमारी दुरा, राजु परियार, अन्जु पन्त, सत्यराज आचार्य स्वरुपराज आचार्यको गीत धेरै सुन्थे । उहाँहरुबाटै प्रभावित भएको हुँ । ठूलो भएपछि तारादेवि, नारायणगोपालको गीत सुन्न थालियो ।

गीत संगितको क्षेत्र कस्तो लाग्छ ?
धेरै राम्रो छ । गीत संगितमा नाम र दाम दुवै छ । राम्रो र नराम्रो हुनुमा कलाकार स्वयमा पनि भरपर्छ भन्ने लाग्छ । छाडा शब्द पनि प्रयोग हुन थालेका छन्, त्यसलाई चाहिँ राम्रो मान्न सकिदैन । लोकगीतको मर्म र धर्म पर्न दिनुहुँदैन । त्यसैमा सवैको हित छ । युटुर्वमा दुई अर्थी शब्द प्रयोग भएका भिडियोमा धेरै भ्यू देखिन्छन ।

सुधारको पक्ष के देख्नुभएको छ ?
चलचित्रको सेन्सर हुन्छ तर दोहोरी गीतको सेन्सर हुँदैन । दोहोरी गीतमा पनि सेन्सर भइदिए राम्रो हुन्थ्यो । समयअनुसार चल्नैपर्छ । तर, विकृति भित्र्याउने गीतहरुबारे भने तपाईहामी सवै सचेत हुनैपर्छ ।

लोकगीतको स्थान घटेको हो ?
घटेको होइन, बढेको छ । स्टेज कार्यक्रमहरुमा लोकगितप्रति माया दर्शाउने अनगिन्ती दर्शक हुनुहुन्छ । रेडियो, टिभी र युटुर्वमा पनि लोकगितको पारखी बढ्दै गएको देखिन्छ ।

तपाईलाई कुन गीतले चिनायो ?
तीज गीत ‘अहिलेको तीजमा माया प्रिति साटौँला’ ले मलाई चर्चामा ल्याएको हो । त्यसपछि थप अरु गीतहरु गाउँदै गएँ ।

घरपरिवारको साथ कतिको छ ?
मलाई गीत संगितमा अगाडि बढाउन घरपरिवारको एकदम साथ छ । मामु, बाबा, दिज्यु राजकुमार रायमाझी दाईलाई धन्यावाद दिन चाहन्छु ।

भविश्यको लक्ष्य के छ ?
पेशा अंगालेपछि अरु पेशामा ध्यान जाँदैन । पछिल्लो समय आधुनिक गीततर्फ पनि अगाडि बढेको छ । गीतसंगितकै क्षेत्रमा स्थापित हुन चाहन्छु ।

बिहे चाहिँ कहिले गर्ने सोच छ ?
भर्खर १९ पुगेर २० लागेँ । अहिले नै बिहे गर्ने सोचेको छैन् । पहिला करिअर बनाउँछु अनि बिहेको बारेमा सोचौँला ।


  •  
  •  
  •