राष्ट्रसंघिय महासचिवका दुत नेपाल आउँदै

204
  •  
  •  
  •  

काठमाडौं २९ माघ (ओएनएस) : संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको दुतका रुपमा संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव आज नेपाल आउँदै छन् । उपमहासचिव जेफ्री फेल्टम्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा आज बिहान राजधानी आउने भएका छन्। छिमेकी मुलुक भारत भ्रमणलगत्तै उनी नेपाल आउन लागेका हुन् ।

फेल्टम्यान राजधानी आएलगत्तै महिला नेतृसँग संयुक्त भेटवार्ता तथा छलफल आरम्भ गर्नेछन् ।

राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले मधेसी मोर्चाका नेताहरुका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अर्जुनबहादुर थापासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनले प्रधानसेनापति गौरवशमशेर जबरासँग सैनिक मुख्यालयमा भेटघाट गर्नेछन्।


  •  
  •  
  •