सयभन्दा बढीको ज्यान लिने विषाक्त रक्सी बेच्ने पक्राउ

81
  •  
  •  
  •  

mumbai toxic alcoholकाठमाडौ, ९ असार(ओएनएस) : मुम्बईमा विषाक्त रक्सीका कारण १ सय भन्दा बढीले ज्यान गुमाएको घटनामा दिल्ली प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

दिल्ली प्रहरीले २६ वर्षीय ती व्यक्तिलाई उक्त विषाक्त रक्सी वितरण गरेको आरोपमा पक्राउ गरेको हो । उनले गुजरातबाट उक्त रक्सी ल्याएका थिए ।

उक्त विषाक्त रक्सीबाट १ सय २ जनाले ज्यान गुमाएका छन् भने ४० जना अझै उक्त रक्सीको विषका कारण प्रभावित भएका छन् । उनीहरूको उपचार जारी रहेको छ ।

mumbai toxic alcohol1उक्त घटनामा दुई महिलासहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मोहम्मद लातिफ खान नामका ती वितरक रक्सी बेचेपछि मुम्बईबाट भागेर दिल्लीमा आफ्नो साथीको घरमा बस्दै आएका थिए ।

गुजरात भारतको यस्तो प्रान्त हो जहाँ रक्सी कानुनी रूपमा प्रतिबन्ध छ ।

गत जनवरीमा पनि विषाक्त रक्सीका कारण उत्तर प्रदेशमा २९ जनाले ज्यान गुमाएका थिए ।


  •  
  •  
  •