मुम्बई बम महला : मुख्य आरोपीलाई २५ वर्षको जेल सजाय, अन्य दुई जनालाई फाँसीको फैसला

241
  •  
  •  
  •  

mumbai hamala
मुम्बई, २२ भदौ (एजेन्सी) : मुम्बईमा १९९३ मा भएको सीरियल बम हमलामा टाडा अदालतले प्रमुख आरोपी अबू सलेमलाई २५ वर्षको सजाय र लाख रुपैयाँ जरिवाना सुनाएको छ । 

मुम्बई हमलामा सामेल अर्का दोषी ताहिर मर्चेन्ट र फिरोज खानलाई भने फाँसीको सजाय सुनाइएको छ । जबकि करीमुल्लाहलाई जन्मकदै र रियाज सिद्दकीलाई १० वर्षको सजाय सुनाइएको छ ।

mumbai attack

हत्या आरोपमा दोषी पाइएका करीमुल्लाहमाथि दुई लाख रुपैयाँ जरिवाना पनि जोकिएको छ । अबू सलेममाथि आतंकबादीलाई हतियार प्रदान गरेको आरोपमा दोषी ठहर्याइएको छ ।

मुम्बई हमलामा २५७ मानिसको मृत्यु भएको थियो भने ७०० मानिस घाइते भएका थिए । यो प्रकरणमा विशेष टाडा अदालतले अबू सलेमसहित ६ जना आरोपीलाई दोषी ठहर गरेको थियो । दोषीहरुमध्ये एक मुस्तफा दौसाको मृत्यु भइसकेको छ । यो हमला प्रकरणमा २००६ मा १२३ दाषी मानिएको थियो ।


  •  
  •  
  •