मुम्बईविरुद्ध गुजरातको रोमाञ्चक जित

66
  •  
  •  
  •  

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ । आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६२ रन मात्र जोड्न सक्यो ।

मुम्बईलाई जितका निम्ति अन्तिम ओभरमा १९ रन आवश्यक थियो । उमेश यादवले गरेको पहिलो र दोस्रो बलमा क्रमश, छक्का र चौका प्रहार गर्दै मुम्बईका कप्तान हार्दिक पन्ड्याले जितको सम्भावना कायम राखेका थिए । तर, तेस्रो बलमा उमेशले हार्दिकलाई राहुल तेवातियाबाट क्याच गराए । चौथो बलमा पनि उमेशले मुम्बईका पियुश चावलालाई राशिद खानबाट क्याच गराउँदै खेल गुजरातको पक्षमा ल्याएका थिए ।

मुम्बईलाई जितका लागि अन्तिम दुई बलमा नौ रन आवश्यक थियो । तर, मुम्बईले दुई रन मात्र जोडेपछि गुजरातले ६ रनको रोमाञ्चक जित निकालेको हो ।
मुम्बईका डेवाल्ड ब्रेविसले ४६ र कप्तान रोहित शर्माले ४३ रन जोडे पनि टिमको हार टार्न सकेनन् । १२.१ ओभरमा १०७–३ को सहज अवस्थामा रहे पनि मुम्बईले बाँकी ७.५ ओभरमा ६ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो ।


  •  
  •  
  •