मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुँदै

495
  •  
  •  
  •  

मुम्बई । भारतको मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ हुने भएको छ ।

भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसरमा यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुन लागेको हो ।

फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित चलचित्रहरु राखिने छन्, जस्तो कि श्याम बेनेगलको ‘द मेकिङ अफ महात्मा’, रिचार्ड एटेनबर्गको ‘गान्धी’ ‘गान्धी माइ फादर’ लगायतका केही चलचित्रहरु उक्त प्रदर्शनीमा राखिने भएको महोत्सव आयोजकहरुले जनाएको छ ।


  •  
  •  
  •