पेट्रोल,डिजल र मट्टितेलमा फेरी मूल्यवृद्धि

436
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ फेरी बढाएको छ । झन्डै एक महिनाअघि पनि पेट्रोल, डिजल र मट्टितेलको भाउ निगमले बढाएकाे थियाे।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन।


  •  
  •  
  •